ब्राउन सुगरसहित युवा पक्राउ

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर नगरपालिका ७ बैदीबाट ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् ।
कालाकुण्डा प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक कुलबहादुर साउँदका अनुसार मंगलबारराति करिब ११ बजे टीकापुर ७ डाँडाबोझीका २४ वर्षका लोकेन्द्र धामी २ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।
त्यसैगरी टीकापुर नगरपालिका ८अर्नुवाबाट अवैध रुपमा ल्याएको कपडासमेत बरामद गरेको थियो । इलाका प्रहरी कार्यालय टीकापुर, कालाकुण्डा प्रहरी चौकी र प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रदेश अनुसन्धान ब्युरोले कपडा बरामद गरेको हो । गए राति करिब २ बजेको समयमा प्रकाउ गरिएको कपडा १ सय थान कोट पाइन्ट १५० थान सर्ट पाईन्ट करिब २ लाख ५० हजार बराबरको रहेको कालाकुण्डा प्रहरी चौकीले जनाएको छ । बरामद गरिएको कपडा सत्ती भन्सार कार्यालय खक्रौलमा पठाइको छ ।