नेपालगन्ज मेडिकल कलेजमा आइसियु बेड संख्या र भेन्टिलेटर थपियो

नेपालगन्ज : पश्चिम तराईको रेफरल सेन्टरको रुपमा रहेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा आईसियु र भेन्टिलेटरसहित उपकरण थपेर क्षमता विस्तार गरिएको छ । कोरोना वाहेक अन्य विरामीहरुको उपचारलाई समेत ध्यान दिएर अस्पतालको नेपालगन्ज र कोहलपुर स्थित शिक्षण अस्पतालमा आइसियु बेड संख्या, भेन्टिलेटर र उपकरणहरु बृद्धि गरेर क्षमता विस्तार गरीएको अस्पतालले जनाएको छ । थप गरीएको आईसियु वार्डको मंगलवार बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ र नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल समशेर राणाले संयुक्त रुपमा उद्धघाटन गरेका छन ।

  
अस्पतालका सहायक निर्देशक नितेशकुमार कनोडियाका अनुसार यसअघि २६ बेड आइसियु र ७ बेड भेन्टिलेटर रहेको नेपालगन्जमा २० वटा आइसियु बेड थपेर ४६ बेड पु¥याईको छ भने थप ७ वटा भेन्टिलेटर थपेर १४ पु¥याईएको छ । त्यसैगरी शिक्षण अस्पताल कोहलपुरमा ३२ वटा आइसियु बेड थप गरेर ५२ पु¥याएको र एउटा पोटेबल अल्ट्रासाउन्ड र ४ वटा भेन्टिलेटर थप गरेर भेन्टिलेटरको संख्या १० पु¥याईएको छ ।
आइसियु र भेन्टिलेटरको संख्या थप गरिएपछि विभिन्न रोगका कारण गम्भिर रुपमा विरामी भएकाहरुलाई वाहिर रेफर गर्नुपर्ने अवस्थाको अन्त्य भएको अस्पतालका आइसिसियु विभागका ईन्चार्ज डा. आसिम किदवाईले बताए ।
अस्पतालले कोरोना संक्रमितहरुको उपचार सेवालाई थप प्रभाबकारी बनाउन सहज होस भनेर शिक्षण अस्पतालमा पिसिआर ल्याब संचालनमा ल्याइएको छ । संक्रमित बिरामीहरुको उपचार गर्ने क्रममा शिक्षण अस्पतालमा कार्यरत चिकित्सक स्वास्थ्यकर्मी र अन्य कर्मचारी सहित हालसम्म १ सय ७३ संक्रमित भइसकेका छन । कोरोना संक्रमणकै कारण कलेजका २ जना कर्मचारीको मृत्यु भईसकेको छ । कोरोना कहरको जटिल र संबेदनशिल अबस्थामा पनि अस्पतालले कोरोना संक्रमितहरुको उपचार लगायत प्रसुती सेवा, इमरजेन्सी, डाइलासियलगायत बिभिन्न रोगको उपचार तथा शल्यक्रिया सुबिधाहरु उपलब्ध गराउदै आएको छ ।