जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त एघार बर्षपछि पक्राउ

नेपालगन्ज: जिल्ला प्रहरी कार्यालय बाँकेले जबरजस्ती करणी मुद्दाका फरार अभियुक्तलाई एघार बर्षपछि पक्राउ गरेको छ । २०६६ साल कार्तिक २७ गते सात बर्षिय बालिकालाई करणी गरि फरार रहेका नरैनापुर गाउँपालिका २ का ३४ बर्षिय हेमन्तकुमार शर्मालाई एघार बर्षपछि पक्राउ गरीएको बाँकेका प्रहरी प्रमुख ओमबहादुर रानाले बताए । शर्मालाई बाँके जिल्ला अदालतको २०६८ असार ३१ गतेको आदेशले १० वर्ष कैद सजाय तोकेको थियो । शर्मालाई जिप्रका बाँके मातहत ईलाका प्रहरी कार्यालय भगवानपुरले नियन्त्रणमा लिएको हो ।


त्यस्तै बाँके प्रहरीले सामान्य विवादमा ज्यानमार्ने मनसायले धारीलो हतियार प्रहार गर्ने ४ जनालाई पक्राउ गरेको छ । कार्तिक २२ गते राती १२ बजे नेपालगंज उपमहानगरपालिका वडा नं. २० मदनापुरमा विवाह घरमा नाचगान, रमाईलो गर्नेक्रममा वादविवाद भई रिसिवीकाकारण स्थानीय रमेश बुढाथोकीलाई ज्यानमार्ने मनसायले लाठी, चिरपट लगायतले प्रहार गरि घाईते बनाएको घटनामा संलग्न चार जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरिक्षक राणाले बताए । मुलुकी फैजदारी कार्यविधी संहिता २०७४ अनुसार यस्तो मुद्दामा १० वर्ष सम्म कैद र एकलाख सम्म जरिवाना हुन सक्ने बताईएको छ ।