पूर्ण सरसफाई अभियान सफल बनाउन बर्दियामा स्थानीय तहको सक्रियता

मुरली गोडिया । गुलरिया

बर्दियालाई पूर्ण सरसफाईको राष्ट्रिय अभियान सफल बनाउन नागरिक स्तरबाट गाउँटोलमा सक्रियता बढेको छ ।
बढैयाताल गाँउपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठका अनुसार स्थानीय सफा शौचालय, छुट्टै हातधुने स्थान, धाराको वरिपरी प्लेट फर्म बनाई फोहोर पानी बग्ने ठाउँ, भाँडा धुने जुठेलो सुकाउन च्याङ्ग बनाइएको छ । पशुपन्छीको गोठ घरदेखि छुट्टै बनाएको, कुहिने र नकुहिने बस्तुलाई अलग अलग वर्गीकरण गरेर डस्टबिनमा ब्यवस्थापन गरेका लगायतका पाँच प्लस एक सूचकहरु तयार गर्र गाँउलाई सफा तथा सुन्दर बनाउन स्थानीयहरु एकजुट भएका हुन् । स्थानीय सरकारले पालिकालाई अत्यन्तै व्यवस्थित तवरले पूर्ण सरसफाईका सबै आधारहरु सम्पन्न गरि पूर्ण सरसफाईको अभियानमा लागेका छन् ।

दीगो विकास लक्ष्यको आधारमा नेपाल सरकारले सन् २०३० सम्ममा नेपालालाई पूर्ण सरसफाई युक्त देश बनाउने अभियानलाई सफल बनाउन बर्दियाका नागरिक, स्थानीय सरकार, संघसंस्थाले सक्रियता देखाएका हुन् । सरसफाई नभएकै कारण विगतमा विभिन्न रोगहरु लाग्ने गथ्र्यो । हिजोआज फोहरबाट लाग्ने रोगहरुमा कमी आएको राजापुर नगरपालिकाका स्थानीय बासिन्दाको भनाइ छ । विगतमा भएको गाँउको अवस्थालाई नागरिकहरुले नकारात्मक रुपमा हेर्ने गरेका थिए । तर अहिले गाँउमा आएका बाहिरी पहुनाले समेत टोलबासीको कार्यको प्रशंसा गर्न थालेको गेरुवा गाँउपालिका–३, का स्थानीय, बलबहादुर थारुले बताए । फोहोर पानीबाट लाग्ने झाडापाखाला लगायतका रोगहरुमा गाउँमा देखिएको छैन । पुरै गाँउका नागरिकको स्वस्थ्य अवस्था सुधारन्मुख भएको राजापुर नगरपालिका –१ टिहुनीको केशुराम थारुले बताए । बर्दियामा जीएसएफ, युएन हेविटेटको सहयोग र एकीकृत विकास समाज नेपालको सहजीकरणमा बर्दियाको राजापुर तथा बाँसगढी नगरपालिका, गेरुवा र बढैयाताल गाँउपालिकालगायतका नागरिकहरु सरसफाई अभियानमा लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *