४४ ग्राम ब्राउन सुगरसहित कोहलपुरबाट एक पक्राउ

नेपालगन्ज : लागू औषध नियन्त्रण व्युरो नेपालगन्ज शाखाले ४४ ग्राम लागू औषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोहलपुर नगरपालिका ११ एनटीभी रोडमा १ पुसमा कोहलपुर–१२ का ४५ वर्षका इन्द्रमणि गौतमबाट एउटा प्लाष्टिकको पुडियामा ४४.५२० ग्राम ब्राउन सुगर बरामद गरेको हो । लागू औषध नियन्त्रण ऐन २०३३ अनुसार १० देखि १५ वर्षसम्म कैद र ७५ हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने प्रावधान रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *