सल्यानीबागमा ‘नेपालगन्ज कन्या मावि’

File photo

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका बोर्ड बैठकले सल्यानीबागको छात्रा पढ्ने विद्यालयलाई ‘नेपालगन्ज कन्या माध्यमिक विद्यालय’ नामाकरण गरेको छ ।
नगर प्रमुख डा. धवलशम्शेर राणाले नगर बोर्ड बैठकले विद्यालयको नाम परिवर्तन गरिएको बताए । ३ सय विद्यार्थी अध्ययरत विद्यालयमा अहिले नौ कक्षासम्म पढाइ हुन्छ । अब विद्यालयमा १२ कक्षासम्म अध्ययपन गर्न सक्नेछ । विद्यालय परामर्शदातालाई जिम्मा लगाइएको छ ।