संसदको भाग्य र भविष्य निर्धारण सर्वोच्चको ५ सदस्यीय संवैधानिक इजलासबाट

नेपालगन्ज : विघटित प्रतिनिधिसभाको भाग्य र भविष्य सर्वोच्च अदालतको संवैधानिक इजलासमा निर्भर हुने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणले आफूसहित हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलास गठन गरेका छन् ।
सामान्यता वरिष्ठताक्रम पालना गरेर संवैधानिक इजलास गठन गरिने गरिन्थ्यो । तर प्रधानन्यायाधीश जबराले यो पटक न्याय परिषद्ले उपलब्ध गराएको १४ न्यायाधीशको रोष्टरबाट न्यायाधीश छनोट गरेका छन् । जबराले आफूपछि वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की र मीरा खड्कालाई इजलासमा नपारेको समाचार शुक्रबारको अनलाइन खबर डटकमले प्रकाशित गरेको छ । संसद विघटनबारे प्रचण्ड–नेपाल समूहका सांसदसहित एक दर्जन बढी रिट परेका छन् ।