स्थानीयतहको सहयोगमा भेरी अस्पतालमा कोभिड विशेष वार्ड स्थापना

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जमा बाँकेका स्थानीयतहको सहयोगमा कोरोना विशेष वार्ड स्थापना गरिएको छ । बाँकेका आठवटा स्थानीयतह र जिल्ला समन्वय समितिको गरी कुल एक करोडको लागतको आईसोलेसन वार्डको स्थापना गरिएको हो । भेरी अस्पताल कोभिड १९ अस्पतालका संयोजक डा.श्यामसुन्दर यादवका अनुसार अस्पतालमा ९० बेडको कोभिड आईसोलेसनका साथै १५ बेड प्रि कोभिड र कोरोना बाहेक अन्य विरामीहरुलाई राख्न मिल्ने वेडको स्तरोन्नती गरी अक्सीजन सहितको १ सय १५ बेड थप गरिएको हो । यो संगै अव भेरी अस्पतालमा करीव २ सय बेडको आईसोलेसन तयार भएको यादवले बताए ।


आइसोलेसन वार्ड संचालनका लागि जिल्ला समन्वय समितिको ७५ लाख, नेपालगन्ज उपमहानगरपालिको ६ लाख २५ हजार र कोहलपुर नगरपालिकाको ३ लाख ७५ हजार रुपैया सहयोग प्राप्त भएको छ । त्यस्तै जिल्लाका अन्य ६ वटा स्थानीयतहले २ लाख ५० हजारका दरले सहयोग गरेका छन ।
नवनिर्मित कोभिड विशेष वार्डको जिल्लासमन्वय समिति बाँकेका प्रमुख अजय श्रीवास्तवले एक समारोहका विच उद्धघाटन गरेका छन । अस्पताल शुक्रबार भेरी अस्पताललाई हस्तान्त्रण गरिएको छ ।