नेपाललगायत विश्वभर क्रिसमसको रौनकता

नेपालगन्ज : नेपाललगायत विश्वभर शुक्रबार क्रिसमसको रौनकता देखिएको छ ।
ग्रेगोरियन पात्रोअनुसार प्रत्येक वर्षको २५ डिसेम्बरका दिन ख्रिष्टियन धर्मावलम्बीले येशुको जन्मोत्सवको उपलक्ष्यमा धुमधामका साथ क्रिसमस मनाउने गरिन्छ । इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट जिसस क्राइस्टको जन्म भएको थियो । चर्चमा प्रार्थनालगायत कार्यक्रम गरिन्छ । क्रिसमसको रौनकसँगै रेस्टुराँ, तारे होटलदेखि सपिङ मलसम्म झिलिमिली बत्तीमा सजिएका क्रिसमस ट्री तथा सान्टाक्लजको रातो लुगाको पहिरनले सजिसजाउ छ ।