गैंडाको खागसहित कैलालीमा एक जना पक्राउ

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको बर्दगोरिया गाउँपालिका-४ बाट एक जना गैडाको खागसहित पक्राउ परेका छन् ।
संघीय प्रहरी इकाइ कार्यालय धनगढीको प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक नलप्रसाद उपाध्यायका अनुसार सोमबार दिउँसो करिब साढे ११ बजे गाउँपालिकास्थित छतिवन सामुदायिक वन नजिक पूर्व-पश्चिम महेन्द्र राजमार्गमा बर्दगोरिया गाउँपालिका-५ बस्ने वर्ष ५८ को नयनबहादुर कठरियालाई प्रहरीले पक्राउ गरेको हो । पूर्वबाट पश्चिमतिर आइरहेको ना ३ स ५७१८ नं. अटो रिक्सालाई शंका लाग्दा चेकजाँच गर्दा पछाडिको सिट मुनि सुन्तला बोकेको प्लाष्टिकको झोलामा लुकाएर राखेको अवस्थामा कठरियाको साथबाट गैंडाको खाग जस्तो देखिने १७१ ग्राम ९६० मिलीग्राम, एक थान मोबाइल र अटोरिक्सा एक थान बरामद गरि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।