अबैध कपडासहित कैलालीमा २ जना पक्राउ

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर नगरपालिका ८ बनगाउँबाट भारतबाट अबैध रुपमा नेपाल भित्र्याउन लागेको कपडा सहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा टीकापुर नगरपालिका २ का रन्जु चौधरी र वडा न १ का सागर चौधरी रहेका छन । मंगलबार बिहान करिब १० बजेको समयमा सत्ती भन्सार कार्यालय खक्रौला र शसस्त्र प्रहरी बल बिओपी खक्रौलाको संयुक्त गस्ती टोलीले पक्राउ गरेको शसस्त्र प्रहरी निरीक्षक पदमराज भट्टले जानकारी दिनुभयो । टीकापुर २ का रन्जु चौधरीले चलाएर ल्याएको से १ च २१४८ न पिकअपमा लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा करिब ६ लाख २५ हजार बराबरको कपडा र कस्मेटिक सामान बरामद गरिएको भट्टले बताउनुभयो । भारतबाट अबैध रुपमा ल्याउँदै गरेको सुट थान ८८० मिटर,कोटपाइन्टको कपडा १७७० मिटर, मोजा ८४० जोड, सर्ट पाइन्ट १६० वटा, लेडिज सुट ३१० वटा र कस्मेटिक सामान गरि ६ लाख २५ हजार ७० रुपैयाँ बराबरको समानसहित पिकअप कारबाहीको लागि सत्ती भन्सार कार्यालय खक्रौला बुझाइएको छ । भन्सार प्रमुख विमलकुमार शाहका अनुसार पक्राउ परेका दुबै जनालाई अनुसन्धान गरिरहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *