आफूहरु नेतृत्वमा रहेको पार्टी नै आधिकारिक हो : अध्यक्ष खरेल र सचिव कोइराला

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाँकेका अध्यक्ष आइपी खरेल र सचिव अशोक कोइरालाले आफू नेतृत्वमा रहेको पार्टी नै आधिकारिक भएको बताएका छन् । अध्यक्ष खरेल र सचिव कोइराला दुबै नेकपा (प्रचण्ड–नेपाल समूह) का हुन् ।
अध्यक्ष खरेल र सचिव कोइरालाले मंगलबार संयुक्त विज्ञप्ती जारी गरी फुटवादी तथा अराजकतावादीको भ्रममा नपर्न आह्वान गरेका हुन् । विप्तीमा अन्य गुट—उपगुटमा नलाग्न उनीहरुले कार्यकर्ताहरुलाई आह्वान गरेका छन् । विज्ञप्तीमा प्रधानमन्त्री केपी शर्मा वलीले चालेको प्रतिनिधिसभा विघटनको कदमको भत्र्सना समेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *