पूर्ण खोपयुक्त नगर घोषणाको तयारीमा नेपालगन्ज

खोप सम्बन्धी कार्यक्रममा नगर प्रमुख डा.धवल शम्शेर राणा बोल्दै । फोटो सौजन्य : गोविन्द शर्मा

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाले पूर्ण खोपयुक्त नगर घोषणाका लागि तयारी गरेको छ ।
उपमहानगरले बिहीबार आयोजना गरेको खोप तथा सरसफाई प्रवद्र्धन कार्यक्रमको समीक्षा, सुक्ष्म योजना अध्यावधिक र खोप समन्वय अभिमुखिकरण कार्यक्रममा नगर प्रमुख डा. धवलशम्शेर राणाले पूर्ण खोपयुक्त नगर घोषणाका लागि तयारीमा जुट्न स्वास्थ्यकर्मीलाई निर्देशन दिएका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्री वास्तवले फागुन १० भित्र वडा, १५ भित्र स्थानीय तह र ३० गतेभित्र स्थानीय तह हुँदै फागुन मसान्तभित्र बाँकेलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्न लागेको बताए । उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले नगरलाई पूर्ण खोप घोषणाका लागि सबै पक्षको साथ र सहयोगको आवश्यकता भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *