अदालतबाट फैसला भएर पनि फरार ३८५ अपराधी बाँके प्रहरीद्वारा पक्राउ

नेपालगन्ज : बाँके प्रहरीले अदालतबाट फैसला भएर पनि फरार रहेका झन्डै चार सय अपराधीलाई पक्राउ गरेको छ ।
प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले जिल्लाको नेतृत्व सम्हालेको ६ महिना १८ दिनमा ४ सय ८० जना फरार अपराधी पक्राउ परेका हुन् । जसमध्ये ३ सय ८५ जना अदालतबाट अदालतबाट कैद तथा जरिवाना फैसला भए पनि फरार रहेका हुन् । एसपी राना भन्छन्, ‘छोटो अवधिमा यति धेरै फरार अपराधी पक्राउ परेको देशमै सबैभन्दा बढी बाँके जिल्लामा हो ।’ हामी अझैं केही फरार व्यक्तिको खोजी गरिरहेका छौं । बाँके प्रहरी मोस्ट वान्टेडको सूचीमा रहेका व्यक्तिलाई पनि पक्राउ गर्न सफल भएको छ । प्रहरीले पक्राउ गरेकामध्ये अदालतमा मुद्दा मुलतबीमा रहेका ४१ र अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेका अभियुक्त ५२ जना रहेका छन् ।