तेस्रो ‘टुर डे ठाकुरद्वारा’ माघ २३ र २४ मा हुँदै

नेपालगन्ज : टुर डे ठाकुरद्वाराको तेस्रो संस्करण आगामी माघ २३ र २४ गते आयोजना गरिने भएको छ ।
साइकल यात्राबाट बाँके र बर्दियाका पर्यटकीय क्षेत्रको प्रबर्द्धन गर्ने उद्देश्यले नेपालगन्ज साइक्लिङ क्लबले आयोजना गर्ने साइकल यात्रामा यो वर्ष नाटा बाँकेले पनि साझेदारी गरेको छ । आयोजक संस्थाले शनिबार नेपालगन्जमा साइकल प्रेमी र सरोकारवालाहरुसँग छलफल गरेको छ । यो वर्ष नेपाल, भारत र तेस्रो मुलुकका गरी २ सय जनाको सहभागिता रहने लक्ष्य लिइएको छ ।