पूर्वराज्यमन्त्री यादवको शोकमा नरैनापुरमा विदा

नेपालगन्ज : बाँकेको नरैनापुर गाउँपालिकाले कोरोना संक्रमणबाट मृत्यु भएका पूर्वराज्यमन्त्री दिनेशचन्द्र यादवको शोकमा एक दिन विदा दिएको छ ।
शनिवार बसेको गाउँपालिकाको बैठकले आइतबार गाउँपालिकाभित्रका आकस्मिक स्वास्थ्य सेवा बाहेक स्थानीय तहका सरकारी तथा गैरसरकारी संघसंस्था र विद्यालयहरुमा एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको गाउँपालिका उपाध्यक्ष जयन्तिदेवी श्रीवास्तवद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । गाउँपालिकाले यादवको निधनमा दुःख पनि ब्यक्त गरेको छ ।