माधव नेपाललगायत नेकपाका केन्द्रीय नेताहरु स्व. दिनेशचन्द्र यादव र प्रविणको घरमा

स्व.दिनेश यादव र स्व.प्रविण थापा मगरको घरमा नेकपा अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरु । फोटो : कृष्णा केसी ‘नमूना’ र रत्न खत्रीको फेसबुकबाट

नेपालगन्ज : नेकपा अध्यक्ष (प्रचण्ड–नेपाल समूह) माधवकुमार नेपाललगायतका नेताहरु आइतबार बिहान कोरोनाबाट मृत्यु भएका पूर्वराज्यमन्त्री दिनेशचन्द्र यादव र हत्या गरिएका राष्ट्रिय अनुसन्धानका सहायक सूचक प्रविण थापाको घरमा पुगेका छन् ।
अध्यक्ष नेपालसँगै नेकपा नेताहरु नारायणकाजी श्रेष्ठ, युवराज ज्ञवाली, वर्षमान पुन, पूर्णकुमारी सुवेदी, ओनसरी घर्तीलगायतका नेताहरु यादवको घर नरैनापुर र थापा मगरको नेपालगन्जस्थित घरमा पुगेका थिए । नेताहरुले श्रद्धाञ्जली र परिवारजनप्रति संवेदन प्रकट गरेको प्रदेशसभा सदस्य कृष्णा केसी नमूनाले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेकी छन् ।