मौसममा सुधार आएसंगै नेपालगन्ज विमानस्थल सुचारु

नेपालगन्ज : बाक्लो हुस्सु कुहिरोका कारण बुधबार देखि सबै उडान रद्द भएको नेपालगन्ज बिमानस्थल शुक्रबार मध्यान्ह देखि सुचारु भएको छ । मौसममा सुधार आएसंगै शुक्रबार दिउसोेदेखि नेपागन्जवाट उडान सुरु भएको हो ।
नेपालगन्ज विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार शुक्रबार दिउसो १२ः३० बजे तारा एयरको विमानले पहिलो उडान हुम्लाको सीमिकोटका लागि भरेको थियो । त्यस्तै काठमाण्डौवाट उडेको यति एयरको विमान १२ः३९ बजे नेपालगन्ज अवतरण गरेको थियो । मौसममा सुधार आएसंगै नेपालगन्ज विमानस्थलवाट सबैजसो जहाजहरु सुचारु भएको प्रमुख ठाकुरको भनाई छ ।