“कसैले हिनताबोध नठान्नुस एकल महिलासंग राज्यसंयत्र छ” : प्रजिअ अधिकारी

मुरली गोडिया, गुलरिया ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले एकल महिलाहरुले आफुलाई कमजोर नठान्न आग्रह गरेका छन । एकल महिलाहरुसंग नेपालको संविधानका साथै आत्मसम्मानले बाँच्न पाउने अधिकार सवैलाई भएकाले कुनै किसीमको हिनताबोघ नठान्न आग्रह गरेका हुन । एकल महिलाले रातो लगाउने अभियान नेपालमा सवै भन्दा ठुलो अभियान भएको उनले बताए । एकल महिला संग सवै किसीमका सरकारका साथै पुरै राज्यसंयन्त्र भएकोले कत्तीपनि  हिनताबोध नगरि महिलाको हक अधिकारका लागी कार्यक्रम गर्न आह्वान गरेका छन । मानव अधिकारका लागी महिला भन्ने मुल नारा सहित एकल महिला समुह बर्दियाको चौथो अधिवेशन तथा पाँचौ साधारण सभामा बोल्दै बर्दियाका प्रजिअ अधिकारीले एकल महिलाको समुहिक हितका लागी हरेक सरकार तत्पर रहेको बताएका हुन ।

कार्यक्रममा गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले एकल महिला सधै सेतै कपडा लगाउनु पर्ने मान्यतालाई मात्र नअपनाई आफनो आत्मसम्मान हुने गरि लुगा लगाउनु पर्ने बताएका छन । नेपाली समाजलाई पुरुष प्रधान समाज भनिएको भएपनि संसार महिलाका कारण अगाडी बढीरहेको उल्लेख गर्दै उनले यो देश महिला प्रधान भएको तर्क गरे । मानव अधिकारका लागी एकल महिला समुह लुम्बिनी प्रदेशकी अध्यक्ष जानुका घिमिरेले एकल महिलाहरु अव संस्थागत रुपमा विभिन्न कार्यहरु गर्दै अगाड बढनु पर्ने बताइन् । प्रत्येक जिल्लामा अब परिचय पत्र निर्माण, संगठन निर्माण गरि स्थानिय सरकार संग विभिन्न कार्यक्रमका लागी समन्वय गर्नुपर्ने र आफै उद्यमी बन्नु पर्ने अवश्यकता रहेको बताइन् । उनले एकल महिलाका लागी छुटै उद्योग दर्ता गरि महिलाहरुलाई उद्यमी बनाउनु पर्नेमा जोड दिईन् ।