कपिल अञ्जानको नेतृत्वमा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान

गजलकार कपिल अञ्जान

नेपालगन्ज : बाँकेको कोहलपुरमा रहेको हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानमा कपिल अञ्जानको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ ।
शनिबार कोहलपुरमा सम्पन्न चौथो साधारणले गजलकार कपिल अञ्जानको नेतृत्वमा ११ सदस्यीय कार्य समिति निर्विरोध रुपमा निर्वाचित गरेको हो । प्रतिष्ठानको उपाध्यक्षमा प्रदिप भट्टराई र सुमित्रा न्यौपाने, सचिवमा बद्री ढकाल, सह–सचिवमा खोपीराम ओली, कोषाध्यक्षमा प्रकाश मरासिनी चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा क्रमशः विक्रम शिशिर, मणि गैरे, हेमप्रकाश मञ्जिल, विमलाकुमारी खत्री र निरञ्जना चन्द निर्वाचित भएका छन । दुई जना सदस्य मनोनित हुनेछन् । २०६८ देखि प्रतिष्ठानको अध्यक्ष महानन्द ढकाल थिए ।