नेपालगन्जकी चेली आरती इन्टेग्रीटी आइकन नेपाल–२०२० बाट सम्मानित

इन्टेग्रीटी आइकन नेपाल २०२० बाट सम्मानित नेपालगन्जकी आरती थारु

नेपालगन्ज : इन्टेग्रीटी आइकन नेपाल २०२० बाट नेपालगन्जकी आरती थारु सम्मानित भएकी छन् ।
एकाउन्ट्याविलिटी ल्याब नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेपालगन्ज स्वास्थ्य चौकीमा कार्यरत जनस्वास्थ्य निरीक्षक थारुलाई सम्मानित गरिएको हो । यो वर्ष उत्कृष्ट घोषित पाँचै जनालाई इन्टेग्रीटी आइकन घोषणा गरिएको हो । आरतीलाई इन्टेग्रीटी वीथ करेज, लुम्बिनी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका महाशाखा प्रमुख दीपक ज्ञवालीलाई इन्टेग्रीटी वीथ एक्सन, कृषि ज्ञान केन्द्र, ओखलढुंगाका निमित्त प्रमुख बाली संरक्षण अधिकृत हेमबहादुर आले मगरलाई इन्टेग्रीटी वीथ इन्नोभेसन, अछामको मंगलसेन नगरपालिकाकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा अधिकृत मञ्जु महतलाई इन्टेग्रीटी वीथ इम्पेथी र धादिङको नीलकण्ठ उच्च माध्यामिक विद्यालय शिक्षक नविनबन्धु पहाडीलाई इन्टेग्रीटी वीथ कम्प्यासनक टाइटलमा सम्मानित गरिएको हो । इन्ट्रीग्रिटी आइकनमा देशभरबाट एक हजार पाँच सय दुई कर्मचारीबीचको प्रतिपर्धामा थिए ।
भ्रष्टहरूलाई गाली वा औँला ठड्याउने मात्र हैन, इमानदार राष्ट्रसेवक कर्मचारीको पहिचान सम्मान र सहभागितामा संयन्त्र सुधार्न सकिन्छ भन्ने उद्देश्यका साथ सन् २०१४ मा नेपालबाट सुरु भएको यो अभियान सातौँ संस्करणसम्म आइपुग्दा, विश्वका १२ वटा देशमा विस्तारित भइसकेको एकाउन्ट्याविलिटी ल्याब नेपालका प्रमुख नारायण अधिकारीले बताउनु भयो ।

इन्टेग्रीटी आइकन नेपाल २०२० बाट सम्मानित ५ राष्ट्र्सेवक कर्मचारी । फोटो सौजन्य : एकाउन्ट्याविलिटी ल्याब नेपाल