चाचाजीको पुन्यतिथिमा विविध कार्यक्रम गरिँदै

नेपालगन्ज : प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त प्रतिष्ठान नेपालगन्जले स्व. पत्रकार पन्नालाल गुप्त ‘चाचाजी’ को वार्षिक पुन्य तिथिमा स्मृतिसभा लगायतका कार्यक्रम आयोजना गर्ने भएको छ ।
प्रतिष्ठानका अध्यक्ष विजयकुमार गुप्तको अध्यक्षतामा सोमबार बसेको बैठकले गत वर्षको माघ १५ गते निधन भएका चाचाजीको स्मृतिमा बिहीबार कार्यक्रम गर्ने निर्णय गरेको हो । बिहान निलसागर सेवा आश्रममा खाना खुवाउने र दिउँसो महेन्द्र पुस्तकायमा स्मृतिसभा गरिने प्रतिष्ठानका महासचिव शुक्रऋषि चौलागाईले बताए । लोकतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताको समग्र विकासका क्षेत्रमा काम गर्ने गरी प्रतिष्ठानलाई दर्ता प्रक्रियालाई बघि बढाउने तयारी गरिएको छ ।