कोरोनाबाट बाँकेमा अनमी भारतीको निधन

नेपालगन्ज : कोरोना संक्रमणबाट बाँकेको बैजनाथ गाउँपालिकाको स्वास्थ्य चौकीमा कार्यरत ४७ वर्षीया सिनियर अनमी रमा भारतीको शुक्रबार बिहान निधन भएको छ ।
जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार कोहलपुर वडा नं. ११ निवासी भारतीको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा बिहान ५ बजेर २७ मिनेटमा मृत्यु भएको हो । मृतक अनमी रमा भारती बर्दिया जिल्ला स्वास्थ्य प्रमुख गोकर्ण गिरीका धर्मपत्नी हुन् । उनको बर्दियाको बारबर्दिया नगरपालिकाको मगरागढीस्थित जब्दीघाटमा शुक्रबार नै दाहसंस्कार गरिएको थियो ।