बाँकेमा ६ महिनामा ३६ प्रतिशत खर्च

नेपालगन्ज : चालु आर्थिक बर्षको ६ महिनामा बाँकेमा विनियोजित बजेट मध्य करिव ३६ प्रतिशत कुल बजेट खर्च भएको छ । जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयहरुका लागि प्रदेश र संघिय सरकारवाट चालु र पुँजीगत गरी कुल १८ अर्ब ३३ करोड प्राप्त भएकोमा ६ अर्ब ६२ करोड खर्च भएको हो । रकम विनियोजित बजेटको ३६ दसमलब १२ प्रतिशत रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेले जनाएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका अनुसार जिल्लामा संघिय सरकारवाट ९ अर्ब ९ करोड चालु र ६ अर्ब १३ करोड पुँजीगततर्फ बजेट विनियोजन भएकोमा ४६ प्रतिशत चालु र २८ प्रतिशत पुँजीगत बजेट खर्च भएको हो ।