सन्जय थापाको नेतृत्वमा बाँकेको ब्याटमिन्टन संघ

बाँके जिल्ला व्याटमिन्टन संघको नवनिर्वाचित टिम । फोटो : उदय अर्यालको फेसबुकबाट

नेपालगन्ज : बाँके जिल्ला व्याटमिन्टन संघको अध्यक्षमा सन्जय थापा निर्वाचित भएका छन् ।
शनिबार नेपालगन्जमा सम्पन्न संघको छैठौं साधारणसभाले अध्यक्ष थापासहित संघको कार्यसमिति सर्वसम्मत् रुपमा चयन गरेको हो ।
संघको बरिष्ठ उपाध्यक्षमा मीनबहादुर मल्ल, उपाध्यक्षमा सिद्धान्तजंग राणा, विष्णु रिमाल, बाबुराम साहु र डा.कुमार सान शाह चयन गरेको छ । सचिव भक्त गोदार, सहसचिव दीपकध्वज शाही र कोषाध्यक्ष जयदेव अवस्थी भएका छन् । यस्तै, सदस्यहरुमा नरेन्द्र भण्डारी, तरुण गौतम, टेक बहादुर खडका, भास्कर काफ्ले, नीमबहादुर थापा, शशी स्वाँर, मन्जु सिटौला, ईश्वर श्रेष्ठ, सूर्य मानन्धर, अनिल बस्नेत रहेका छन् ।