जुम्लाको तापक्रम माइनस ४.५ डिग्रीसेल्सियस

नेपालगन्ज : कर्णाली प्र्रदेशको जुम्लामा माइनस ४ दशमलव ५ डिग्रीसेल्सियस तापक्रम पुगेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार दोलखाको जिरीमा माइनस १.५ र जोमसोममा माइनस २.५ पुगेको जनाएको छ । मौसम विभागले बिहीबार देशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का दखि मध्यम हिमपातको सम्भावना रहेको जनाएको थियो ।