‘टुर डे ठाकुरद्वारा’ साइकल यात्रा सुरु

‘टुर डे ठाकुरद्वारा’ का साइकल यात्री । फोटो : प्रेम केसीको फेसबुकबाट

नेपालगन्ज : ‘टुर डे ठाकुरद्वारा’ साइकल यात्राको तेस्रो संस्करण शुक्रबार नेपालगन्जबाट सुरु भएको छ ।
नेपालगन्ज साइक्लिङ क्लब र नाट्टा बाँकले आयोजना गरेको साइकल यात्राको शुक्रबार बिहान नेपालगन्जको बागेश्वरी मन्दिर पूर्वपट्टिबाट नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. धनञ्जय रेग्मीले शुभारम्भ गरेका हुन् । बाँके र बर्दियाका पर्यटकीय क्षेत्रका प्रचार प्रसार गर्ने उद्देश्यले सुरु गरेको साइकल यात्रा नेपालगन्जबाट, जानकी गाउँपालिका, खजुरा, बढैयाताल, गुलरिया, कृष्णसार संरक्षण क्षेत्र, मधुवन, ओरालीबजार, डल्ला होमस्टेहुँदै ठाकुरद्वारा मन्दिरसम्म हुनेछ । २४ माघका दिन ठाकुरद्वारामा पर्यटन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना गरी टोली २५ गते नेपालगन्ज फर्कनेछ । यात्रामा नेपाल र भारतका १५४ जनाले सहभागिता जनाएको संयोजक सतिश निरौलाले जानकारी दिएका छन् ।