कोहलपुरको ओडारमा भेटियो भरुवा बन्दुक

फोटो : जिल्ला प्रहरी कार्यालयको फेसबुकबाट

कोहलपुर : बाँकेको कोहलपुरमा ओडारमा भरुवा बन्दुक फेला परेको छ ।
कोहलपुर नगरपालिका-१३ सिम्रीगाउँको जंगल छेउको ओडारबाट एक थान भरुवा बन्दुक फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । प्रहरीले बन्दुक वन्यजन्तुको शिकार गर्ने अवैध कार्यमा प्रयोग भएको हुनसक्ने आशंका गर्दै अनुसन्धान थालेको छ ।