अस्पतालको लापरबाहीले मृत्यु भएको भन्दै शिक्षण अस्पताल कोहलपुरमा आफन्तद्वारा विरोध प्रदर्शन

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको गेटमा गरिएको विरोध प्रदर्शन । फोटो : कृतिका आचार्य

कृतिका आचार्य । कोहलपुर
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारमा आएकी एक किशोरीको अस्पतालको लापरबाहीबाट मृत्यु भएको भन्दै आफन्तले विरोध प्रदर्शन गरेका छन् ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी रविन्द्र खनालका अनुसार विष सेवन गरेर उपचारमा ल्याइएकी बर्दियाको बाँसगढी नगरपालिका ५ कि काजल शर्माको मृत्यु भएपछि बुधबार बिहान मृतकका आफन्तले विरोध प्रदर्शन गरेका हुन् । उनको आइसीयुमा राखेर उपचार गरिएको थियो । ‘हिजोसम्म बोल्दै गरेको मान्छे आज कसरी मृत्यु भयो भनेर अस्पतालको गेट बाहिर आफन्तले विरोध प्रदर्शन गरेका हुन् । अपरान्ह ४ बजेतिर सहमति भएपछि आफन्तले शव बुझेका हुन्’, डीएसपी खनालले भने । सहमतिमा अस्पतालले मृतकको परिवारलाई किरिया खर्च बापत ३० हजार रुपैयाँ उपलब्ध गराएको थियो ।