बैतडीकी भागिरथीको न्यायका लागि कोहलपुर जेसीजद्वारा द्वीप प्रज्वलन

कोहलपुर : बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको न्यायको लागि कोहलपुर जेसीज वर्ष २०२१ र कोहलपुर जुनियर जेसीज वर्ष २०२१ ले द्वीप प्रज्वलन गरेका छन्।
बलात्कारपछि हत्या गरिएकी भट्टको आत्माको चिरशान्तिको कामना गर्दै दोषीलाई कारबाहीका लागि सरकारलाई दवाब दिन द्वीप प्रज्वलन गरेको कोहलपुर जेसीजका अध्यक्ष रामप्रसाद पाण्डेले बताए । केही समय अघि बैतडीको दोगडाकेदार गाउँपालिका–७ कतोला, चडेपानीकी १७ वर्षीया भागिरथीको बलात्कारपछि हत्या भएको थियो ।