सरकारको प्रतिगामी कदम विरुद्ध काँग्रेस तेस्रो चरणको आन्दोलनको तयारीमा: डा. डिला संग्रौला

नेपालगन्ज: नेपाली कांग्रेसकी केन्द्रिय सदस्य डा. डिला संग्रौलाले केपी शर्मा ओली नेतृत्वको सरकारको प्रतिगामी कदमका विरुद्ध काँग्रेस तेस्रो चरणको आन्दोलनको तयारीमा रहेको बताएकी छिन ।
नेपाल प्रेस युनियन बाँकेले नेपालगन्जमा गरेको पत्रकार सम्मेलनमा बोल्दै संग्रौलाले प्रतिनिधि सभा विघटन गर्दा संविधान, गणतन्त्र र लोकतन्त्रमाथी प्रहार भएको बताउँदै सरकारको उक्त कदम विरुद्ध नेपाली काँग्रेसले फागुन तीन गते गर्ने तेस्रो चरणको आन्दोलनको तयारी गरीरहेको जानकारी दिईन । ‘केपी ओलीको सर्वसत्तावादी, अधिनायकवादी प्रतिगामी कदम सच्चिनुपर्दछ भनेर ७७ वटै जिल्लावाट हामी आन्दोलन गर्दै र्छौ ।’ उनले भनिन
नेपाली जनताले खुन पसीना बगाएर कर तीरेपनि बर्तमान सरकार भ्रष्टाचार, कालोबजारी र व्यभिचारी भएर जनतालाई करको भारी बोकाएको उल्लेख गदै संग्रौलाले काँग्रेसले त्यसको विरोध पनि संगै संगै गर्दै हिडेको बताईन । ‘हत्या हिंसा बलात्कार केपी ओलीको चमत्कार भएको छ’ उनले भनिन ‘हाल बलात्कारका घटनाले तीनबर्ष देखि ७१ बर्ष सम्मका आमाहरु असुरक्षित छन ।’ उनले भर्खरै बैतडीमा भएको भागीरथी भट्टको बलात्कार पछि हत्याको घटनाको भत्सर्नाका साथै अपराधीलाई कानूनको कठघरामा ल्याएर दण्ड सजायको माग समेत गरेकी छिन ।