बाँकेको खजुरामा किशोरी र बाल क्लबको पहलमा माघमा ३ बालविवाह रोकियो

चेतना क्षेत्री । खजुरा
बाँकेको खजुरा गाउँपालिकामा गठित पालिका स्तरीय सशक्ति किशोरी क्लब र बाल क्लबको पहलमा माघ महिनामा मात्र ३ वटा बालविवाह रोकिएका छन् ।
इलाका प्रहरी कार्यालय खजुराका इन्सपेक्टर वसन्त आचार्यका अनुसार क्लबले दिएको सूचनाका आधारमा खजुरा गाउँपालिका ३, मा १९ वर्षीय बालक र १७ वर्षीया बालिकाको, खजुराकै वडा नं. ४ का २१ वर्षीय युवा र कोहलपुर नगरपालिका ११ कि १८ वर्षीय बालिकाको र खजुरा २ का १६ वर्षीय बालक र १६ वर्षीय बालिकाबीच हुन लागेको बाल विवाह रोकिएको हो । इन्सपेक्टर आचार्यले भने, ‘क्लबबाट बालविवाह हुन थालेको खबर थाहा पाएपछि हामीले तुरुन्तै कारबाही प्रक्रिया अगाडि बढायौं । बालविवाह जस्तो गलत अभ्यासलाई रोक्न सफल भयौं ।’