नेपालगन्जमा राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापनाका पक्षमा प्रदर्शन

नेपालगन्ज : राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापनाको माग गर्दै मंगलबार नेपालगन्जमा प्रदर्शन गरिएको छ ।

मध्यपश्चिमाञ्चलवासी नेपाली जनताको आयोजनामा राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापनाका पक्षमा मोटरसाइकल, कार तथा टयाक्टर -याली सहित प्रर्दशन गरिएको हो । -यालीमा शिवसेना नेपाल, राप्रपा नेपाललगायत राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापनाका पक्षधरहरुको बृहत सहभागिता रहेको थियो ।
नेपालगन्जको बागेश्वरी मन्दिर परिसरमा रहेको पार्कवाट सुरु भएको मोटरसाइकल, कार तथा टयाक्टर -यालीले नेपालगन्ज नगर परिक्रमा गरेको थियो । नेपालको राष्ट्रिय झण्डा सहितको -यालीमा सहभागीहरुले नेपाली जनता जागौ, राजा ल्याऔं देश बचाउँ, हिन्दू राष्ट्र घोषणा गर लगायतका नारा लगाएका थिए ।
कोणसभालाई शिव सेना नेपालका केन्द्रीय अध्यक्ष अनिलबाबा बस्नेत, नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमसेर राणालगायतले सम्बोेधन गर्दै राष्ट्रिय एकता, अखण्डता र हिन्दू धर्म रक्षाका लागि राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापनामा जोड दिएका थिए ।