बलात्कारविरुद्ध जीवन्त नाटक (फोटो फिचर)

बलात्कारविरुद्ध सडक नाटक गर्दै कलाकार । फोटो सौजन्य : अनिल थापा मगर

नेपालगन्ज : ‘बलात्कारपछि चेलीको हत्या हुन्छ । हत्यारा बलात्कारी समाजलाई खुलेयाम चुनौती दिँदै घुम्छ । बलात्कारीले कसरी उन्मुक्ति पाइरहेको छ ?’, राज्यसँग यही प्रश्नको जवाफ खोज्दै कलाकारले अभिनय गर्छन् ।
गैरसरकारी संस्था महासंघ बाँके शाखाको आयोजना र बास नेपालगन्जको संयोजनमा मंगलबार नेपालगन्जको वीपी चोकमा ‘बलात्कार विरुद्ध खबरदारी कार्यक्रम’मा बलात्कारपछि हत्याबारे सडक नाटकको दृश्य हो यो । पीडित युवतीको रुपमा शोभा थापा मगर, पीडक बनेर लोकेन्द्र घर्ती मगर, पीडितका आफन्तका रुपमा रविन्द्र बोहोरा र तपेन्द्र मलातीले जीवन्त अभिनय गर्दा दर्शकको आङ नै जिरिङ बनाएको थियो । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त र बैतडीकी १७ वर्षीया भगिरथी भट्टको फोटो अंकित ब्यानर रहेको कार्यक्रममा सडक नाटकले उनीहरुको घटना स्मरण गराएको थियो । कार्यक्रमका वक्ताहरु नमस्कार शाह, चन्द्रप्रकाश तिमिल्सेना, रुद्र तिमिल्सैना, आशिष वर्मा, शंकर न्यौपाने, शिवकुमार वर्मा, रुबि खान, हेमन्तराज काफ्ले, दिला शाह, साहिल अन्सारीलगायतले बलात्कारीविरुद्ध सरकारले कारबाही गर्न जोडदार माग गरेका थिए ।

बलात्कारविरुद्ध सडक नाटक गर्दै कलाकार । फोटो सौजन्य : अनिल थापा मगर