१० र १२ वर्षीया २ बहिनीलाई बलात्कार प्रयास गर्ने दाजुविरुद्ध मुद्दा

नेपालगन्ज : २ जना नाबालक बहिनीलाई जबरजस्ती करणी उद्योगमा बाँकेमा एक जना दाजुविरुद्ध उजुरी परेको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका मुद्दा फाँटका इन्चार्ज शुभराज बमका अनुसार बैजनाथ गाउँपालिकाका १७ वर्षका एक युवकविरुद्ध १० र १२ बालिकालाई जबरजस्ती करणी उद्योगको २१ मंसिरमा जाहेरी परेको हो । बालिकाद्वय अभियुक्तका सहोदर जेठोबुबाका छोरी हुन् । इप्रका कोहलपुरले अभियुक्त फरार रहेकाले खोजी जारी रहेको जनाएको छ ।