भागिरथी हत्याका अभियुक्त दिनेशविरुद्ध जाहेरी

नेपालगन्ज :  जिल्ला प्रहरी कार्यालय बैतडीले १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेको भन्दै दिनेश भट्टलाई बुधबार सार्वजनिक गरेको छ । अभियुक्त भट्ट भगिरथीकै गाउँ दोगदाकेदार गाउँपालिका– ७ का वासिन्दा हुन् । उनी सनातन धर्म माध्यमिक विद्यालयकै कक्षा ११ पढ्छन् । भगिरथी पनि सोही विद्यालयमा १२ कक्षाकी विद्यार्थी हुन् ।
पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआइजी उत्तमराज सुवेदीले अभियुक्त भट्टले बुवाबाजेका पालाको घरायसी रिसइबीका कारण भागरथीको हत्या गरेको साविति बयान दिएको बताए । घटनाका अभियुक्त पक्राउ परे लगत्तै मृतक भागिरथीका दाजु केशव भट्टले दिनेशविरुद्ध जिल्ला प्रहरी कार्यालय बैतडीमा किटानी जाहेरी दिएका छन्। विद्यालयमा पढ्न गएकी भट्ट २१ माघमा हराएकी थिइन् । त्यसको भोलिपल्ट उनको शव फेला परेको थियो ।