मानव बेचविखनविरुद्ध यातायातकर्मीलाई अभिमुखिकरण

मुरली गोडिया । गुलरिया
मानव बेचविखन तथा ओसारप्रसारविरुद्ध यातायातकर्मीका लागि एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको छ ।
माइती नेपाल बर्दियाले बुधबार गुलरियामा आयोजना गरेको कार्यक्रममा संस्थाकी संयोजक गायत्री रिमालले सहजीकारण गर्दै मानव बेचविखनका कारण, प्रयोजनहरु, नियन्त्रणका उपायहरु, बेचविखन हुन सक्नेस्थानलगायतका विषयमा यातायातकमीलाई जानकारी गराएकी थिइन् । उनले उनले मानव बेचविखनका विषयमा यातायातकर्मीलाई सधै सजकता अपनाउन आग्रह गरिन् । कार्यक्रममा कृष्णसार यातायात व्यवसायी संघ बर्दियाका अध्यक्ष शम्भुप्रसाद रिजालले यातायातका साधनमा कोही शंकास्पद व्यक्ति यात्रा गरिरहेको लागेमा सम्बन्धित निकायलाई जानकारी गराउन यातायातकर्मीहरुलाई अनुरोध गर्दै मानव बेचविखन तथा ओसारपसार नियन्त्रण गर्न यातायात व्यवसायीले सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।