नेपालगन्ज फोटो फेस्टिवल फागुन १८-१९ हुने

नेपालगन्ज : प्रजातन्त्र दिवसको अवसरमा शुक्रबारदेखि आयोजना गर्ने भनिएको दोस्रो नेपालगन्ज फोटो फेस्टिवल आगामी १८ र १९ फागुनमा हुने भएको छ ।
अन्तरालका अधिकृत गणेश राईले बिहीबार सूचना जारी गरी प्राविधिक कारणले फोटो फेस्टिवलको मिति सार्नु परेको भन्दै यसबाट पर्न गएको असुविधा प्रति क्षमा मागेका छन् । फेस्टिवलमा फोटो पठाउन छुटेका व्यक्तिहरुको लागि फागुन १५ गतेसम्म समय पनि थप गरिएको छ । फोेटो प्रतिस्पर्धाका लागि ६ विधाहरुमा पठाउन सकिनेछ । फेस्टिवलमा समाचार र दैनिक जीवन, संस्कृति र पर्यटन, वन्यजन्तु र प्रकृति, खेलकुद र नेपाल स्माइल (जस अन्तर्गत खुसी, उत्साह र उमंग झल्किने फोटो) गरी ५ विधामा प्रतिस्पर्धा हुनेछ भने फोटो कथा विधामा भने प्रतिस्पर्धा हुने छैन । फेस्टिवलको प्रतिस्पर्धाबाट छनोट भएका १ सय ५० बढी फोटोहरु प्रदर्शनमा राखिनेछ । नेपालगन्जसँगै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको १–१ स्थानमा फोटो प्रदर्शनीमा राखिनेछ । नेपालका वरिष्ट फोटोपत्रकारले प्रशिक्षण दिन फेस्टिवलका अवसरमा ३५ जना सहभागीका लागि २ दिने फोटोग्राफी कार्यशाला आयोजना गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *