आजबाट नेपालगन्ज पोखरा हवाइ सेवा सुरु हुँदै

नेपालगन्ज : नेपालगन्ज–पोखरा हवाई सेवा शुक्रबार दिउँसोदेखि सुरु हुने भएको छ ।
नाट्टा बाँके च्याप्टर र गण्डकी प्रदेश नाट्टाको पहलमा नेपालगन्ज–पोखरा र पोखरा–नेपालगन्ज चार्टर उडान हुन लागेको हो ।
नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले कोरोनापछि सबैभन्दा मारमा परेको पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि चार्टर उडान सुरु गर्न लागेको बताए । नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा.धवल शम्शेर राणाको नेतृत्वमा बाँके र बर्र्दियाका पर्यटन व्यवसायीलगायतको १८ सदस्यीय टोली पोखरा प्रस्थान गर्ने र त्यत्तिकै संख्यामा पोखराका पर्यटन व्यवसायीहरु नेपालगन्ज आउनेछन् । पोखराका पर्यटन व्यवसायीहरुले भने बाँके र बर्दियाका पर्यटकीय क्षेत्रको अवलोकन गर्नेछन् । लामो समयदेखि बाँकेका पर्यटन व्यवसायीले नेपाल सरकारसँग नेपालगन्ज पोखरा उडानको व्यवस्था गर्न दवाब दिँदै आएका छन् ।

पर्यटन क्षेत्रको विकासका लागि नेपालगन्ज पोखरा उडान निकै फलदायी हुने बताउँदै पर्यटन प्रबद्र्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले हरेक हप्तामा दुई वटा उडानको तयारी भएको बताउँछन् । नेपालगन्ज नाकाबाट पोखरा जान चाहने भारतीय पर्यटकहरु अहिले काठमाडौं पुगेर पोखरा गइरहेका छन् ।

3 thoughts on “आजबाट नेपालगन्ज पोखरा हवाइ सेवा सुरु हुँदै

  1. सफल हाेस्
    पर्यटनमा थप मार्ग बनाेस्

  2. यो त यक दमै खुसी को खबर सून्न पायम र यो नेपालकगजं देखि पोखरा जाने यात्रुलाई सहज हुने भयो
    मैले पनि यो कुरा लाई धेरै दिन देखी आफ्नो मनमा सुची रहेको थिय
    किन भने यति हामी लाई ने पालगञ्ज देखि पोखरा जानू हून्थौ भने काठमाडौं जानू पर्छ तर अब हाम्रा अघिकारीक हरू ले राम्रो गरे
    THANKS ALL OF LOT
    WE ARE VERY HAPPINESS FOR THIS GOOD NEWS
    KEEP THIS ROUTE FROM NEPALGUNJ FROM POKHARA EVERYDAY!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *