नेपालगन्ज–पोखरा उल्लासमय विमान उडान (फोटोे फिचर)

लेकसाइट पोखरा : सीता एयरले शुक्रबारदेखि नेपालगन्ज–पोखरा विमान सेवा सुरु गरेको छ ।
नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) बाँके र नाट्टा गण्डकी प्रदेशको पहलमा सीता एयरले चार्टर उडान सेवा सुरु गरेको हो । बाँके र बर्दियाका पर्यटन व्यवसायीको नेतृत्व गर्दै नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा.धवल शम्शेर राणासहितको टोली नेपालगन्ज विमानस्थलबाट दिउँसो १ बजे सीता एयरको चार्टर विमानमा पोखरा उडेको थियो । दिउँसो २ बजेतिर पोखरा विमानस्थलमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर विसीले बाँके र बर्दियाका पर्यटन व्यवसायीहरुलाई स्वागत गरेका थिए ।
लगत्तै पोखराको एक रिसार्टमा नाट्टा गण्डकी प्रदेशले पत्रकार सम्मेलन गरी नेपालगन्ज पोखरा र पोखरा नेपालगन्ज उडानबारे जानकारी गराएका थिए । पोखरा पुगेका पर्यटन व्यवसायीले शनिबार दिनभर पोखराका पर्यटकीय गन्तव्यको अवलोकन गर्ने कार्यक्रम छ । पोखराबाट पनि शुक्रबार नाट्टाको १७ जना पर्यटन व्यवसायीहरु बाँके र बर्दियाका पर्यटकीय गन्तव्यको अवलोकन गर्न गएका छन् । उनीहरुले शनिबार र आइतबार बाँके र बर्दियाका पर्यटकीय गन्तव्यको अवलोकन गर्ने कार्यक्रम रहेको नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *