खजुरास्थित अवलघाट पुल निर्माणमा लापरवाही

नेपालगन्ज : बाँकेको खजुरास्थित किरणनालाको अवलघाटमा निर्माणाधिन पुल निर्माण कार्यमा ढीलाई भएको छ ।
सडक डिभिजन कार्यालयद्धारा निर्माणाधिन उक्त पुल सम्पन्न हुनुपर्ने समयभन्दा ६ महिना ढीलो सुरु भएको हो ।
निर्माण कम्पनी गजुरमुखी कन्स्ट्रक्सन प्रालिसंगको सम्झौता अनुसार २०७७ असार १६ गते सम्पन्न गर्ने भनिएपनि कम्पनीको लापरवाहीका कारण सम्झौता सकीएको ६ महिना पछि निर्माण सुरु भएकोसडक डिभिजन कार्यालय नेपालगन्जले जनाएको छ । निर्माण कम्पनीले २०७४ साल फागुन १७ गते डिभिजन सडक कार्यालय नेपालगन्जसंग ७ करोड २२ लाखमा सम्झौता भएको उक्त पुल निर्माण कार्यमा ढीलाई भएपछि समस्या भएको स्थानीय बलबहादुर दर्लामीले बताए ।
पुल निर्माणमा ढीलासुस्ती हुनुका साथै निर्माण कार्यमा गुणस्तरहीन सामाग्री प्रयोग भएको पाईएपछि तत्कालै निरिक्षण गरी पुल निर्माणका क्रममा गुणस्तरहीन खियाँ लागेका छड हटाउन लगाइएको र निर्माणकार्य समसयमै सक्न ताकेता गरीरहेको कार्यालयका ईन्जिनियर लक्ष्मण केसीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *