लुम्बिनी प्रदेशमा लगाइयो लक्ष्यको ९० प्रतिशत खोप 

नेपालगन्ज : लुम्बिनी प्रदेशका १२ जिल्लामा दोस्रो चरणको कोरोना खोप लक्ष्यको ९० प्रतिशत लगाइएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शनिबारसम्म प्रदेशमा ३९ हजार ८ सय ७८ जनालाई लगाइएको छ । जुन कूल लक्ष्यको ९०.२ प्रतिशत प्रगति भएको हो । सबैभन्दा बढी खोप कपिलवस्तु जिल्लामा १०२ प्रतिशत लगाइएको छ । जहाँ ६ हजार ३४ जनालाई लगाउने लक्ष्य रहेकोमा ६ हजार १ सय ५४ जनालाई लगाइएको छ । त्यसपछि बर्दिया जिल्लामा ९९.२ प्रतिशतले खोप लगाएका छन् । जहाँ ४ हजार ६ सय ७५ जनाको लक्ष्य रहेकोमा ४ हजार ६ सय ३६ जनाले खोप लगाए । नवलपरासी पश्चिममा ९८.९ प्रतिशत, दाङमा ९२ प्रतिशत, प्युठानमा ९१.२ प्रतिशत, रुपन्देहीमा ७८.६ प्रतिशत र अर्घाखाँची ८७.५ प्रतिशत, बाँकेमा ९५.२ प्रतिशत खोप प्रगति भएको छ । बाँकेमा ४ हजार ७ सय ९५ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा ४ हजार ५ सय ६३ जनाले खोप लगाएका छन् । लुम्बिनी प्रदेशमा सबैभन्दा कम रुकुममा ७५.६, पाल्पामा ७७.२ र रोल्पामा ८२.९ प्रतिशत खोप लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *