अवैध १० लाख भारुसहित भारतीय पक्राउ

बाँके प्रहरीले बरामद गरेको १० लाख भारतीय रुपैयाँ

नेपालगन्ज : भारतीय नागरिक मुनवर खान अवैध १० लाख भारतीय रुपैयाँसहित पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी ओमबहादुर रानाले सोमबार दिउँसो पत्रकार सम्मेलन गरी भारतको उत्तर पूर्वी दिल्ली जफ्फारावादका ५४ वर्षका खान नेपालगन्ज उपमहानगरपालिका–१६ को भन्सार चेक प्वाइन्टमा भारतबाट पैदल आउँदै गरेका उनले बोकेका २ वटा झोलाभित्र २ हजारका ३ वटा र पाँच सयका एक हजार नौ सय ८८ वटा भारतीय रुपैयाँ फेला पारेको जनाए । विदेशी विनिमय ऐन २०१९ अनुसार यसरी बरामद गरिएको रकम जफद गरी १० लाखदेखि ३० लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *