पृथ्वीपुर छोटी भन्सार सञ्चालन नहुँदा तस्करी बढ्यो

मानबहादुर ठकुल्ला । भजनी

लकडाउनको बेलामा बन्द भएको कैलालीको भजनी नगरपालिका ५ लालबोझीको छोटी भन्सार कार्यालय पृथ्वीपुर पुनः सञ्चालन नहुँदा चोरी तस्करी बढेको छ । गत चैत ८ गतेबाट यो कार्यालय बन्द भएको हो ।

वार्षिक ६५ लाख राजस्व संकलन हुने यो छोटी भन्सार कार्यालय पुन सञ्चालन नहुँदा अवैध रुपमा सामान ओसारपसार भइरहेको स्थानीय शिक्षक सुरेश चौधरी बताउँछन् । छोटी भन्सार कार्यालयमा स्थानीयले  बाख्रा बाँध्ने र घाँस राख्ने स्थान बनाएका छन् । छोटी भन्सार सञ्चालनका लागि स्थानीयले सत्ती भन्सार कार्यालय खक्रौलालाई पटक पटक आग्रह गरे पनि बेवास्ता गरेको स्थानीयको गुनासो छ ।

तस्करहरुले भजनीको मरियाघाट ,जसबहादुर घाट, कौवाखेडाघाट, हलौनाघाट, डाक्टर घाटको बाटो प्रयोग गरेर भारतीय बजारबाट अवैध माल सामान भित्र्याउने गरेका छन् । भारतबाट हार्डवेयर, कपडा , किराना, सुर्तीजन्य पदार्थ, चिनी, इलोक्ट्रोनिक समान र नेपालबाट मटर, गुटखा, छोहरा, सुपारीलगायतका सामानको चोरी निकासी भइरहेको छ । चोरी तस्करीले राजस्व असुली घटेको भन्सार कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *