‘राजापुर विकास निर्माणका कार्यमा पारदर्शी’

राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने

शक्ति परियार । राजापुर
बर्दियाको राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले विकास निर्माणका कार्यमा जनताप्रति जवाफदेही र पारदर्शी हुन आग्रह गरेका छन् ।
भर्खरै राजापुरमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका न्यौपानेले मेरो खुसी डटकमसँगको भेटमा जिल्लाका अन्य स्थानीय तहको तुलनामा राजापुरको नीति तथा कार्यक्रम र विकास निर्माणका कार्य पारदर्शी र प्रभावकारी भएको दाबी गरे । ‘कोरोनाले समयमा सम्पन्न हुन नसकेका विकास निर्माणका कार्यहरू तीब्र रूपमा अघि बढेका छन्’, उनी भन्छन्, ‘अन्य क्षेत्र जस्तो फर्जी बिल भरपाइ राजापुरमा देखिने छैनन् । विकास निर्माणका कार्यमा हामी पारदर्शी हुन्छौं ।’