बर्दियाका २ स्वास्थ्य संस्थालाई क्षयरोग जाँच्ने मेसिन सहयोग

शक्ति परियार । राजापुर
विराट नेपाल मेडिकल ट्रष्टले बर्दियाका २ स्वास्थ्य संस्थालाई १ करोड २० लाख मूूल्य बराबरको क्षयरोग जाँच गर्ने २ थान जिन एक्सपर्ट मेसिन सहयोग गरेको छ ।
ट्रष्टले राजापुर नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र राजापुर र ठाकुरबाबा नगरपालिकाको नेउलापुर स्वास्थ्य चौकीलाई मेसिन हस्तान्तरण गरेको हो । राजापुरमा जिल्ला स्वास्थ्य कार्यलय बर्दियाका प्रमुख गोकर्ण गिरीलाई मेसिन हस्तान्तरण गरिएको थियो । प्रमुख गिरीले चेकजाँच सहज भएमा क्षयरोगबाट हुने मृत्युदर न्यूनिकरण गर्न सकिने बताए । ट्रष्टले यस अघि जिल्ला अस्पताल गुलरियामा समेत मेसिन सहयोग गरेको थियो । नेपाल सरकारको सन् २०५० सम्ममा क्षयरोग मुक्त देश घोषणा गर्ने लक्ष्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *