यसरी हुँदैछ नेपालगन्ज रंगशालामा स्विमिङ पुल संचालन तयारी

नेपालगन्ज : नेपालगन्ज रंगशालामा लामो समयदेखि बन्द रहेको स्विमिङ पुल संचालनको तयारी थालिएको छ । दुईबर्ष अघि नेपालगन्जमा भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता संचालनका बेला तयार गरिएको उक्त स्विमिङ पुल कोरोना महामारीका कारण संचालन हुन सकेको थिएन । करिव २० करोडको लागतमा निर्माण भएको स्विमिङ पुल निश्चित मापदण्ड बनाएर नियमित रुपमा संचालन गर्ने तयारीमा जुटेको मध्यपश्चिमाञ्चल खेलकुद विकास समिति नेपालगन्जका प्रमुख महेश चन्दले बताए । हाल लामो समय देखि बन्द रहेका कारण हुन नसकेको स्विमिङ पुलको सरसफाई, पानी सुद्धिकरण गर्ने, प्रशिक्षक र लाईभ गार्डका साथै परिक्षण प्रशिक्षणका कामहरु भईरहेको उनले भनाई छ । ‘सरसफाई संगसंगै फागुन १४ गते देखि प्रशिक्षण सुरु गरेका छौ’ उनले भने ‘फागुन २६ गते औपचारीक रुपमा उद्धघाटन गरी संचालन हुने छ ।’
पौडी पोखरी संचालनका लागि समितिले निश्चित शुल्क निर्धारण गरी आवश्यक मापदण्ड बनाउन थालेको छ । समितिले बनाएको मापदण्ड अनुसार दैनिक तीन सिफ्टमा सस्तो शुल्क तिरेर सर्वसाधारणले समेत स्विमिङ पुल प्रयोग गर्न पाउनेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *