खजुरामा बालविवाह मुक्त वडा घोषणा गर्न घरदैलो

नेपालगन्ज : बाँकेको खजुरामा बालविवाह मुक्त वडा घोषणा गर्न बुधबार घरदैलो कार्यक्रम गरिएको छ ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा स्याक नेपाल बाँकेले सञ्चालन गरेको बालविवाह रोकथाम परियोजना अन्तर्गत खजुरा ३ वडा कार्यालयको समन्वयमा घरदैलो कार्यक्रम गरिएको हो ।

वडा अध्यक्ष कान्तुराम गौतमको नेतृत्वमा जनप्रतिनिधि, प्रहरी, नागरिक समाजका प्रतिनिधि, खजुराको लगनशील किशोरी क्लबका पदाधिकारी र सदस्य, बालक्लका सदस्यलगायत ५४ जनाको सहभागिता रहेको क्लबकी अध्यक्ष मञ्जु थापा मगरले जानकारी दिइन्् । सहभागीले एक सयभन्दा बढी घरमा बालविवाहविरुद्धका स्टिकर टाँसेका थिए । केही दिनभित्रै खजुराको वडा नं. ३ लार्ई बालविवाह मुक्त घोषणा गर्ने तयारी भइरहेको छ ।