बाँकेका विद्यालयमा दिवा खाजा सुरु

नेपालगन्ज : बाँकेका सामुदायिक विद्यालयहरुमा पहिलो पटक दिवा खाजा कार्यक्रम लागु गरिएको छ । सरकारले देश भरीका सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन गर्न स्थानीय तह मार्फत बजेट उपलब्ध गराएपछि बाँकेमा पनि कार्यक्रम सुरु हुन थालेको हो । कार्यक्रम अन्तगर्त बाँकेका ५ वटा स्थानीयतहले दिवा खाजा कार्यक्रम सञ्चालन गरिसकेका छन् भने अन्य तीन स्थानीयतहका विद्यालयमा तयारी थालिएको छ । प्रति विद्यार्थी १५ रुपैयाँका दरले १ सय ८० दिनसम्म खुवाईने दिवा खाजाका लागि बाँकेमा कुल १६ करोड भन्दा बढी रकम छुट्याएको शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख रामसुरेश यादवले जानकारी दिए ।


दिवा खाजा कार्यक्रमको प्रभावकारीताका लागि सरोकारवालाहरुले नियमित रुपमा अनुगमन गरी मापदण्ड अनुसार लागु गराउने नेपालगन्ज उपमहानरपालिका शिक्षा शिक्षाले जनाएको छ । ‘नेपाल सरकारले तोकेको मापदण्ड अनुसार खाजा खुवाउन नियमित अनुगमनका साथै विद्यालयहरुसंग समन्वय गरीरहेको छौ’ नेपालगन्ज उपमहानरपालिका शिक्षा शिक्षाका शाखा अधिकृत लोकेन्द्र शाहीले भने । कार्यक्रमको प्रभावकारीका लागि मापदण्ड अनुसार गुणस्तरीय पौष्टिक आहारयुक्त खाजा खुवाएर शिक्षण सिकाईमा सकारात्मक प्रभाव पार्न जरुरी छ ।