स्वास्थ्यकर्मीलाई पोषण योजना सम्बन्धी तालिम

खजुरा : बाँकेको खजुरामा बहुक्षेत्रीय वृहत पोषण योजना सम्बन्धी स्वास्थ्यकर्मीका लागि ७ दिने क्षमता अभिवृद्धि तालिम सुरु भएको छ ।
गाउँपालिका स्वास्थ्य शाखाले सोमबारदेखि आयोजना गरेको तालिमको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले शुभारम्भ गरेका हुन् । उनले खजुरालाई राष्ट्रिय लक्ष्यमा पुग्न तालिम प्रभावकारी हुने बताए ।
खजुरा स्वास्थ्य शाखा प्रमुखसुदीप पौडेल, उपप्रमुख टीकामाया गुरुङ र वडा नंं १ का स्वास्थ्य प्रमुख दीपक ढकालले तालिममा सहजीकरण गर्नेछन् । पोषणसम्बन्धि वृहत विषयबस्तुको एकीकृत प्याकेज सम्बन्धी स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्ने, पोषण सम्बन्धी व्यवहारमा परिवर्तन गरि ज्ञान सीपको धारणामा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले तालिमको आयोजना गरिएको स्वास्थ्य शाखाका सुशील थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *